इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा
_JPnGotpTU0.jpg)
काठमाडौँ । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो ।
सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौँ ल्याइपुर्याएको हो ।
बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार गर्नका लागि परराष्ट्रमन्त्री एनपी साउद तेलअभिभ पुगेका थिए । विमानस्थलमा आइपुगेपछि उद्धार भएर आएका र आफन्तले सरकारको खुलेर प्रशंसा गरे । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका सीडीओ परिवर्तन, को कहाँ पुगे ?
-
सामान्य प्रशासन मन्त्रालयले गर्यो ३९ उपसचिवको पदस्थापन र ५३ जनाको सरुवा (सूची)
-
सङ्घीय मामिलाले काट्यो काठमाडौँ महानगरपालिकालाई पत्र
-
वैवाहिक जीवनमा बाँधिए अस्मिता र महेश
-
४ दिनपछि पूर्वयुवराज पारस साह डिस्चार्ज
-
कुलमानबारे ऊर्जामन्त्री खड्का– ‘छोरा बाउ बन्न खोज्दा समस्या भएको हो, फेरि पनि माया त अझै छँदैछ’