अफगानिस्तानमा भएको आत्मघाती हमलामा परी सात जनाको मृत्यु, १५ जना घाइते
शुक्रबार, २६ असोज २०८०, २१ : ३९

काबुल । अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको अल्पसंख्यक शिया समुदायको मस्जिदमा शुक्रबार भएको आत्मघाती विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको तालिबान सरकारले जनाएको छ ।
अमेरिका र तालिबान समूहबीच सन् २०२१ को अगष्टमा कतारमा भएको सम्झौतापछि अमेरिका समर्थित अफगानी सरकार सत्ताच्युत भएको थियो । तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।
यद्यपि इस्लामिक स्टेट संगठनको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरूको खतरामा अफगानिस्तान रहेको छ ।
बगलान प्रान्तको राजधानी पोल–ए–खोमरीस्थित इमाम जमान मस्जिदमा जुमेको नमाजका लागि भेला भएका शिया धर्मावलम्बीहरूलाई लक्षित गरिएको विस्फोटको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह