यात्रुवाहक सवारीमा शुक्रबारदेखि रुट परमिट खुला

काठमाडौँ । सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो । रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।
सोही बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको छ ।
दसैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाडौँबाट दसैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
आईपीएल : पटेलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई
-
गोरखा भूकम्पको १० वर्ष : बारपाकमा दीप प्रज्वलन (तस्बिरहरु)
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित