पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता लोकार्पण

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता लोकार्पण भएको छ ।
शुक्रबार काठमाडौँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित उपन्यास अपराजिताको लोकार्पण गरेकी हुन् । पुस्तक लोकार्पण गर्दै उनले लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरुको मार्मिक रुपमा चित्रण गरेको बताइन् ।
भण्डारीले उपन्यासका पात्रहरुको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसहरुको हत्या र हिंसाको विपक्षमा आफ्नो मत प्रकट गरेको उल्लेख गरिन् । त्यस्तै पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई चन्दले सशक्त रुपमा प्रश्तुत गर्नुभएको उनको भनाई छ ।
पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसकेको चन्दको यस प्रकारको सक्रियताबाट नयाँ पुस्ताले पनि सिक्नुपर्ने बताइन् ।
लोकार्पण समारोहमा संक्षिप्त मन्तव्य राख्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक लोकेन्द्रबहादुर चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भएपनि विगतमा समय अभावका कारण कथामै टुंग्याएको बताए । उनले उपन्यासको रुपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको बताए ।
उपन्यास अपराजिता सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
-
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो
-
सरकारको चालु खातामा १ खर्ब ८० अर्ब ८ करोड बचत
-
स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता, के भयो कुराकानी ?
-
अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति घट्यो : राष्ट्र बैंक
-
रास्वपाको सचिवालय बैठक जारी