सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको छैन : नेता सिटौला

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताएका छन् ।
सरकार, संसद्, न्यायालय, संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका राज्य व्यवस्थाको समग्र मूल्यांकन गर्ने हो भने संविधानले परिकल्पना गरे अनुसार प्रभावकारी र निष्पक्ष ढंगले काम गर्न नसकेको पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाको भनाई थियो । शुक्रबार काठमाडौँमा आयोजित ‘राजनीतिक उपलब्धि र आजको चुनौती विषयक विचार गोष्ठी’ मा बोल्दै उनले राज्यका सबै निकायलाई ठिक ढंगले अघि बढाउनका लागि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।
नेता सिटौलाले कांग्रेसको आगामी मंसीरमा हुने नीति महाधिवेशनले मुलुकलाई अघि बढाउनका लागि ठोस योजना तय गर्ने दाबी समेत गरे । उनले मुलुकमा एकपछि अर्को संकट बढ्दै गइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुनका लागि सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए । उनले अमेरिका, युक्रेन, रुस, इजरायललगायतका घटनाक्रमले नेपालमा एकपछि अर्को संकट देखिएकाले त्यसबाट राष्ट्र र जनतालाई मुक्त गराउन सरकार, संसद्, संवैधानिकले अत्यन्तै सचेत भएर काम गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
नेता सिटौलाले मुलुकको अर्थतन्त्र सुधारका लागि पनि सरकारले विशेष कदम चाल्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर