देशको अर्थनीति डामाडोल छ : नेता कोइराला
शुक्रबार, २६ असोज २०८०, १८ : ३१

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक उपलब्धि धेरै भइसकेको बताए । उनले जनताको मनमा छुनसके कसैले पनि पराजित गर्न नसक्ने बताए ।
नेता कोइरालाले देशको अर्थनीति डामाडोल रहेको बताए । उनले नेपाली कांग्रेसलाई एकजुट पार्न आवश्यक रहेको बताए ।
नेता कोइरालाले एकजुट योजना तर्जुमा गर्दा दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।