‘परदेशी २’ ले भावुक बनायो– हरिवंश आचार्य

काठमाडौँ । वरिष्ठ अभिनेता हरिवंश आचार्यले फिल्म ‘परदेशी २’ हेर्दा आफू भावुक भएको बताए । ‘फिल्मले मन, मुटु, दिमाग सबै छोयो, आँखा रसायो’, उनले भने ‘लोक संस्कृतिले लिपिएको फिल्मको सबै पक्ष राम्रै पाए ।’ आचार्यले अभिनेता प्रकाश सपुतको समेत प्रशंसा गरे । ‘प्रकाश सपूतले एकदमै राम्रो अभिनय गर्नुभएको रहेछ । केकी अधिकारी र वर्षा शिवाकोटीले पनि राम्रो काम राम्रो लाग्यो’ आचार्यले थपे ।
निर्माण युनिटले सेलिब्रेटी र पत्रकारका लागि भन्दै शुक्रवार बिहान फिल्मको एक विशेष शो आयोजना गरेको थियो । शो मा आचार्यसहित दीपकराज गिरी, मनोज गजुरेल, प्रेमराजा महतलगायतका सेलिब्रेटी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलले ‘परदेशी २’ नेपाली फिल्म क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने जिकिर गरे । फिल्मले देशको जल्दोबल्दो समस्या बोलेको उनले धारणा राखे । दीपकराज गिरीले परदेशीनेहरुको संवेदनालाई फिल्ममा देखाइएको बताए । उनले निर्देशक रायमाझीको प्रस्तुतीकरण शैली मन परेको बताए ।
निर्देशक नारायण रायमाझी निर्देशित फिल्म शुक्रवारबाट देशभर प्रदर्शनमा आएको हो । युवा पलायन र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित रहेको फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङलगायतको अभिनय छ ।
निर्देशक रायमाझीले फिल्म राजेश बंशलसँगको सहकार्यमा निर्माण गरेका हुन् । कार्यक्रममा निर्देशक रायमाझीले फिल्ममा घर–घरको कथा रहेकोले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना