व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यकः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रवार दोस्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले मुलुकको व्यापार घाटालाई कम गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताए ।
उनले मुलुकमा उत्पादन भएका वस्तुहरु निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गरे । उनले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताए । उनले विकासको निम्ति पँुजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण,पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले भने, ‘विकासको निम्ति पँुजी आवश्यक पर्छ । हामीसँग पुँजी निमार्ण,पुँजीगत खर्चको कार्यान्वयन र चुलिँद गएको व्यापार घाटालाई कमी गर्नुछ । मुलुकको व्यापार घाटालाई कमी गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ । मुलुकको उत्पादन निर्यात नगरेर कसैलाई अनुरोध र निवेदन गरिदिएर व्यापार घाटा कम हुँदैन । मुलुकको व्यापार घाटा कम गर्नलाई आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न सक्नुपर्छ । निर्यात गर्न पनि ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गरौं भनेर व्यापार घाटा कम हुनेवाला छैन । अहिले मुलुकको व्यापार घाटा कम गर्नको निम्ति अहिले हामीसँग जे छ त्यो निर्यात गर्न सक्नुपर्छ । हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट हामीले व्यापार घाटा कम गर्नुछ । व्यापार घाटा कम गरेर राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान र नेपालमा घरेलु उद्योगहरुलाई प्रोत्साहित गरेर रोजगारी र उत्पादन वृद्धि गरी व्यापार घाटा कम गरी राष्ट्रको अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान यस्तो कदम अत्यन्तै सहयोगी महत्वपूर्ण कदम हो । सरकारको कतव्र्य हुन जान्छ यस बारेमा सरकार सेचत छ । यो प्रक्रियालाई कसरी सहयोग गर्ने ? उहाँहरु आफैँले व्यक्तिगत पहल लिनुभयो । यसलाई सरकारले पनि एउटा वा अर्को रुपमा सहयोग गर्नुपर्छ । प्रोत्साहन गर्नुपर्छ भन्ने कुरामा प्रष्ट छ । सरकारका सरोकारवाला निकायहरुलाई मुलुकको व्यापार घाटा कम गर्ने गरी निर्यात वृद्धिमा पहल चाल्न निर्देशन दिनन्छु ।’
गृहमन्त्री श्रेष्ठले राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान घरेलु उद्योगहरुलाई प्रोत्साहित गरी रोजगारी सिर्जना र उत्पादन वृद्धि गरे मात्रै र अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध