मानव अधिकार आयोगमा दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ ।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएका हुन् । उनले अहिलेसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा परेको पनि बताए । उनले आयोगले सिफारिस गरेको १४ सय ३३ मध्ये पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए ।
अध्यक्ष मगरले सिफारिस पूर्ण रुपमा कार्यान्वयन भएका १५.३० प्रतिशत रहेको बताए । उनले आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत र लागू नभएको ४५.५ प्रतिशत रहेको रहेको बताए ।
अध्यक्ष मगरले आफूहरु आयोगमा आएदेखि २१८ वटा सिफारिस गरेको, मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान र छानबिन भई निर्णय हुन बाँकी १४ सय ६२ रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण
-
२० वर्ष पुराना ट्याक्सी जफत सुरु, शुक्रबार ट्राफिकले समात्यो दर्जनभन्दा बढी ट्याक्सी