मानव अधिकार आयोगको स्तर घट्न नदिनका लागि पहल गर्न सरकारलाई निर्देशन

काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिले नेपालको संविधान र कानुनले राष्ट्रिय मानव अधिकार आयोगलाई सुम्पिएको जिम्मेवारी एवं आयोगका काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि पर्याप्त साधन श्रोतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिको तर्फबाट सरकारलाई निर्देशन दिँदै समिति सभापति विमला सुवेदीले राष्ट्रिय मानव अधिकार ऐन, २०६८ लाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारलाई निर्देशन दिइन् । उनले यसको सुधारको प्रक्रिया अघि बढाउन र राष्ट्रिय मानव अधिकार आयोगको स्तर घट्न नदिनका लागि नेपाल सरकारको तर्फबाट गरिनुपर्ने पहलकदमी यथाशीघ्र गर्न पनि निर्देशन दिइन् ।
समितिले विजया दशमी, शुभ दीपावली, नेपाल संवत, तथा छठ पर्व २०८० को अवसरमा सम्पूर्णमा शुभकामनासमेत व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा स्याउ रोप्दै विप्लव
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
यस्तो छ दही र योगर्टबिचको फरक
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ