सूर्यविनायकबाट ५ जना जुवाडे पक्राउ
शुक्रबार, २६ असोज २०८०, १३ : २७

काठमाडौँ । भक्तपुरको सूर्यविनायकबाट प्रहरीले ५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–८ स्थित दार्जिलिङ हाइटमा सञ्चालित जुवा खालमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका नबराज दंगाल, सुर्यबहादुर श्रेष्ठ, डावाङ लामा, डिलबहादुर लामा र स्याङ्जा घर भएका पिताम्बर आले छन् । खालबाट ३ बुक तास र ४५ हजार नगद बरामद गरिएको डिएसपी पाठकले जानकारी दिए ।
जस्ताको दुईतले टहरोमा बिहीबार साँझ प्रहरी वृत जगातीको टोलीले छापा मारेको थियो । आरोपितलाई प्रहरीले जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
-
जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू