कालापानी विवाद अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : जनमोर्चा
![कालापानी विवाद अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : जनमोर्चा](https://rpcdn.ratopati.com/media/albums/chitra-bahadur_OWiXbwTWNK.jpg)
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले कालापानी विवादलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्ने बताएको छ । भारतले सो क्षेत्रलाई कब्जा गरेर भारतीय सङ्घमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको भन्दै जनमोर्चाले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएको हो ।
नेपालको कालापानी क्षेत्रमा पर्ने गुन्जी गाउँमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पूर्व जानकारी नगराई भ्रमण गरेकोमा पनि सो पार्टीले आपत्ति जनाउको छ ।
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–'कालापानी क्षेत्रमा पर्ने गुन्जी लगायतका गाउँ दार्चुला जिल्लाको ब्यास गाउँपालिका-१ मा पर्दछन् । कुटी, गुन्जी, नाभी, न्यूराङ्, छोटाकैलाश सहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय खण्डताभित्र पर्ने भूभाग हुन् । नेपाललाई कुनै जानकारी नै नगरी भारतीय प्रधानमन्त्री उक्त क्षेत्रमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कूटनीति, मर्यादा तथा शिष्टाचारको उल्लङ्घन हो । त्यसका साथै त्यो भारतीय साम्राज्यवादको नेपालप्रतिको हेपाहा तथा विस्तारवादी नीति नै हो ।'
भारतीय प्रधानमन्त्रीको भ्रमणबाट पनि कालापानी क्षेत्रको अतिक्रमित भूभाग भारतले सहज रूपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउने भएकोले यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्न ढिलाइ गर्न नहुने सो पाटीको मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उठ्न थाल्यो हेटौंडाको फोहोर
-
विपद्जन्य घटनाको जोखिम बढिरहेको छ : मन्त्री लामिछाने
-
कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
-
एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
-
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो