भारत लैजाँदै गरेको अवस्थामा प्रहरीद्वारा ५ जना वालिकाको उद्धार
_jRh9FZYrQf.jpg)
बारा । भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ जना बालिकालाई बारा प्रहरीले उद्धार गरेको छ । करैयामाई गाउँपालिका–१ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।
भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्यव्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए । सोही क्रममा भारतीय एक युवकले बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो ।
करैयाँमाई गाउँपालिकाबाट १३ वर्षीय १ जना १४ र १६ वर्षका २र२ जना वालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । बालिकाहरूको फोटो सहित प्राप्त सूचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराह्न विरगजंमा बालिकाहरू फेला परेको हो ।
प्रहरीको विशेष टोलीले खोज तलास गर्दै जाँदा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १० आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरू फेला परेको जिल्ला प्रहरीका कार्यालय बाराले जनाएको छ । बालिकाहरूलाई भारत लैजान खोज्ने भारतीय युवक पक्राउ गरी उनीमाथि अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा