शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

हिमाल आरोहणमा क्लाइमालय ट्रेकको लापरबाही

शुक्रबार, २६ असोज २०८०, ०६ : २८
शुक्रबार, २६ असोज २०८०

काठमाडौं । हिमाल आरोहणका लागि अनुमति पाएको क्लाइमालय ट्रेकले आरोहीलाई गन्तव्यमा नपु-याई छाड्ने गरेको पाइएको छ । गत साता ८ हजारमाथिका अग्लो हिमालमध्ये सबैभन्दा कान्छो हिमाल चीनको सिसापाङमा हिमाल आरोहण गर्ने क्रममा तेन्जेन लामा शेर्पा र अमेरिकी आरोही जिना मारी रुजुसिडलोको निधन भएको थियो ।

हिमाल आरोहणको अनुमतिनुसार दुवै जनालाई क्लाइमालय ट्रेकले गन्तव्यसम्म पु-याउनुपर्ने थियो तर सो ट्रेकले बिचैमा सहमति तोडेर सेभेन समिट ट्रेकलाई जिम्मा लगाएको पाइएको छ । नेपालदेखि तिब्बतका लागि हिमाल आरोहणको अनुमति क्याइमालयले मात्रै पाउँदै आएको छ । तर, क्लाइमालयले टिकट भिषा र हिमाल आरोहण अनुमति लिने र बीचमा अर्को टिमलाई जिम्मा लगाउने काम गर्ने गरेको पाइएको हो ।

विश्वको छैटो अग्लो छोई हिमाल आरोहण गरेर फर्केपछि हिमाल आरोहीहरू तेन्जेन लामा शेर्पा र जिना मारी रुजुसिडलो बेस क्याम्पमा आइपुगे ।

बेस क्याम्पमा आएपछि सेभेन समिटका छाङ दावा शेर्पाले जिना मारीसँग सिसापाङमा हिमाल आरोहणका लागि ३० हजार अमेरिकी डलरमा सम्झौता गरे । जबकि, सो आरोहणको जिम्मा क्लाइमालय ट्रेकले गर्नुपर्ने थियो ।

८ हजार मिटर अग्ला १४ वटा हिमशृंखलामध्ये सबैभन्दा कान्छो हिमालका रूपमा सिसापाङमा हिमाललाई चिनिन्छ । सिसापाङमा हिमाल ८ हजार २७ मिटर अग्लो रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप