भेप प्रकरणको थुनछेक बहस हेर्दाहेर्दैमा

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको मुद्दामा राहुल महरा र लोकेन्द्रकुमार पौडेलको थुनछेक बहस बिहीबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीश डण्डपाणि शर्माको इजलासमा बिहीबारदेखि थुनछेक बहस शुरु भएको थियो । भेप प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले राहुलसहित ४ जनालाई प्रतिवादी बनाएर संगठित अपराध र भन्सार छलीको मुद्दा दायर गरेको छ । पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल र सर्लाही घर भएका लोकेन्द्र कुमार पौडेल थुनामा छन् । तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङ ६० किलो सुन प्रकरणमा अदालतको आदेशले केन्द्रीय कारागारमा थुनामा छन् । काठमाडौँ महानगरपालिका–६ बौद्ध घर भएका निमा गुरुङ भेपमा फरार प्रतिवादी हुन् ।
सरकारी वकिल र राहुलका कानुन व्यवसायीको बहस सकिएपनि लोकेन्द्र पौडेल तर्फका कानुन व्यवसायीको बहस बाँकी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु