संघीय निकाय बागमती र स्थानीय तहमा मधेश प्रदेशमा धेरै भ्रष्टाचार

काठमाडौँ । भ्रष्टाचारको सवालमा संघीय निकायको बागमती प्रदेश र स्थानीय तहमध्ये मधेश प्रदेशमा धेरै भ्रष्टाचार हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीका आधारमा यो तथ्य फेलापरेको हो ।
आयोगले राष्ट्रपति कार्यालयमा बुझाएको प्रतिवेदनमा यो फेहरिस्त देखाएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा संघीय निकायसँग सम्बन्धित ९ हजार १ सय २१ वटा उजुरी आयोगमा परेका थिए ।
जसअनुसार बागमती प्रदेशमा मात्रै ४ हजार ४ सय ८१ वटा उजुरी परेका छन् । बागमती प्रदेशपछि मधेश प्रदेशमा संघीय निकायसँग सम्बन्धित एक हजार पाँच सय ६८, लुम्बिनी प्रदेशबाट ९ सय २९, कोशी प्रदेशबाट ८ सय ३०, गण्डकी प्रदेशबाट ५ सय ९७, कर्णाली प्रदेशबाट ३ सय ४३ र सुदूरपश्चिम प्रदेशबाट ३ सय ७३ वटा उजुरी आयोगमा परेका छन् ।
स्थानीय तहमा भ्रष्टाचार बढेको सम्बन्धमा आयोगमा परेको उजुरी अनुसार देशभरका ७५३ स्थानीय तहबाट १३ हजार एक सय ४२ वटा उजुरी परेका थिए । जसमध्ये मधेश प्रदेशबाट मात्रै तीन हजार सात सय ३८ वटा उजुरी आयोगमा दर्ता भएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशका स्थानीय तहमा हुने गरेका एक हजार ८ सय ४८, बागमती प्रदेशबाट सम्बन्धित एक हजार ७ सय ७७, कोशी प्रदेशका स्थानीय तहसम्बन्धित एक हजार ६ सय ३०, कर्णाली प्रदेशबाट एक हजार ५ सय ८७, सुदुरपश्चिमबाट एक हजार चार सय ७२ र गण्डकी प्रदेशका स्थानीय तहबाट एक हजार ९० वटा भ्रष्टाचारका उजुरी आयोगमा दर्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा