प्रदेश
कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका आङ्बोको दाबी पेस
बिहीबार, २५ असोज २०८०, १७ : ४६

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन् ।
कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।
आङबोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न एमालेसहितको समर्थनमा दाबी पेश गर्ने भएका छन् । यस्तो हुँदा आङबोर कार्कीको दावीमा दोहोरो हस्ताक्षर हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
-
काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर
-
को हुन् क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नी ?
-
ध्यान केन्द्र बनाउन विदेशी अनुदान चाहिन्न
-
आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा
-
वेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बीएन घर्ती नियुक्त