कोशीमा शेखर पक्षको विद्रोह, गगन समूहले दिएन साथ

काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने मिति नजिकिँदै गर्दा सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रको विवाद चुलिएको छ । मुख्यमन्त्री माओवादीलाई छाड्ने सभापति शेरबहादुर देउवाको निर्णयसँगै संस्थापनइतर पक्षले एमालेको साथ लिएर समानान्तर रुपमा दाबी पेश गरेको हो ।
हाल प्रदेशसभामा कांग्रेसका २९ सीटमध्ये शेखर–गगन समूहका १० जना सांसद छन् । एमालेको साथ पाएपछि अहिले शेखर कोइराला समूहका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उपसभामुख बाहेक एमालेका ३९ सांसद रहेको एमालेले साथ दिँदा कोइराला पक्षका ८ जनाले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । जसमा महामन्त्री गगन थापा पक्षका मानिने भोजपूर (ख) बाट निर्वाचित सांसद विनोद वान्तवाको हस्ताक्षर छैन ।
भोजपुर कांग्रेसका जिल्ला सभापति समेत रहेका उनी महामन्त्री थापाका विश्वास पात्र हुन् । महामन्त्री थापा पार्टीको आधिकारिक निर्णयबिना केदार कार्कीलाई मुख्यमन्त्री बनाउन नहुने पक्ष रहेकोले वान्तवाले हस्ताक्षर गर्न नामानेको बुझिएको छ ।
यसबाहेक संस्थापनिइतर पक्षकै मोरङ २ (ख) का सांसद गयानन्द मण्डलले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । यद्यपि उनीहरुको हस्ताक्षरबिना पनि एमालेले साथ दिएपछि कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
९२ सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ४७ सांसदको समर्थन आवश्यक छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार एउटै पार्टीका सांसदले स्वविवेकले कुनै सांसदलाई मुख्यमन्त्रीमा समर्थन गर्नसक्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको देवानगञ्ज गोली काण्डमा ५ जना संलग्न, दुई पक्राउ, तीन जना अझै फरार
-
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा