साइनिङ नेपाल फाउन्डेसनद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप सहयोग

काठमाडौँ । साइनिङ नेपाल फाउन्डेसनले सामुदायिक विद्यालयका एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा ल्यापटप सहयोग गरेको छ ।
पशुपति विकास कोषका कार्यवाहक सदस्य सचिव राजु कुमार खत्रीको प्रमुख अतिथ्यतामा गौशालास्थित श्री मङ्गलादेवी माध्यमिक विद्यालयको हलमा भएको कार्यक्रममा कामपा वडा नं ९ का तीन वटा सामुदायिक विद्यालयका ती विद्यार्थीलाई सम्मान तथा ल्यापटप वितरण गरिएको हो ।
उक्त कार्यक्रममा समाजसेवी शशि कान्त अग्रवाल सहित विभिन्न पार्टीका नेताहरूको उपस्थिति थियो । कार्यक्रममा कामपा वडा ९ का सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
फाउन्डेसनका अध्यक्ष सुनिल आमात्यको सभापतित्व सम्पन्न कार्यक्रममा मङ्गलादेवी माविकी छात्रा करुणा खरेल, तिलगंगास्थित श्री शारदा माविकी छात्रा प्रमिशा न्यौपाने र सिनामंगलस्थित श्री गुहेश्वरी माविका छात्र अमन यादवलाई ल्यापटप प्रदान गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने