मिटर ब्याज पीडित भन्छन्– समस्या समाधान नगरे आन्दोलनमा उत्रिन्छौँ

सिरहा । मिटरब्याज विरुद्धको संघर्ष समितिले पीडितहरुको माग सही ढङ्गले सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सिरहाको गोलबजारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिले सिरहा प्रशासनलाई मिटरब्याज पीडितहरुको समस्या सात दिनभित्र देखिनेगरी समाधान गर्न आग्रह गरेको छ ।
समितिका संयोजक मनोज पासमानद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले गरेको सहमति कार्यान्वयन नभएको जनाइएको छ । ‘हामीसँग जुन हिसाबले सहमति भएको थियो, त्यसप्रति राज्य इमानदार रहेन भन्ने निष्कर्षमा अन्ततः हामी पुगेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण अब फेरि यो राज्य र राज्य संयन्त्रहरुको विरुद्धमा अर्को लडाइँका लागि अन्यायमा परेको हाम्रो मस्तिस्कले हामीलाई उक्साइरहेको छ ।’
पछिल्ला दिनमा पीडितहरुलाई दैलोमा उभ्याएर, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा साहुहरुलाई राखेर घण्टौँ गफ हुने गरेको र एउटै मुद्दामा १० औँ पटक छलफल गर्दा पनि निर्णय हुन नसकेको संघर्ष समितिको आरोप छ ।
सिरहामा जम्मा ३ हजार ७८८ भन्दा बढी मिटरब्याज पीडितको मुद्दा दर्ता भएको छ । अहिले सम्ममा पुरानो र नयाँ गरी २ सय ७३ मुद्दामा मात्र सहमति भएको आन्तरिक प्रशासन शाखाका कर्मचारी शिव दयाल यादवले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस