शुक्रबारदेखि संसद्को अधिवेशन अन्त्य गर्न सरकारलाई गठबन्धनको सुझाव

काठमाडौँ । सत्ता गठबन्धनले सरकारलाई संसद्को चालु अधिवेशन अन्त्य गर्न सुझाव दिएको छ ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले चाडबाड लगायतको समय आएकाले चालु अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिएको हो ।
गठबन्धन बैठकमा सहभागी एक नेताले अधिवेशन अन्त्य गर्ने नगर्ने निर्णय सरकारले गर्ने भएपनि गठबन्धनमा छलफल हुँदा शुक्रबार बैठक बसेर अन्त्य गर्दा उपयुक्त हुने सुझाव सरकारलाई दिएको बताए ।
‘अधिवेशन अन्त्य गर्ने कि नगर्ने भनेर निर्णय सरकारले गर्ने हो तर गठबन्धनको छलफलमा मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन अन्त्यको सिफारिस गर्दा उपयुक्त हुने भनेर सुझाव दिएका छौ’, गठबन्धनका एक नेताले भने, ‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट शुक्रबारको बैठक बसेर अधिवेशन अन्त्य हुनेछ ।’
माओवादी केन्द्रका नेता हितराज पाण्डेले अधिवेशन अन्त्यबारे गठबन्धन बैठकमा छलफल भएको स्वीकार गरे । शुक्रबार २ बजेका प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बजेट अधिवेशन गत वैशाख २४ गते सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु