निर्देशक सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा निर्देशक समाजको आपत्ति

काठमाडौँ । फिल्म ‘प्रसाद २’को विवादमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरी थापाको खोजीमा छ । ‘प्रसाद २’ निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको अनुमति बिनै ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपसहित उनी जाहेरी दिएका थिए । जाहेरीको आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा नेपाल चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । बिहीबार समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै बिना कारण र बिना प्रमाण निर्देशक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको बताएको हो ।
‘चलचित्र ‘प्रसाद –२’का लागि पारिश्रमिक लिएर निर्देशकको जिम्मेवारी पाएका सुदर्शन थापा एक श्रमजीवी चलचित्रकर्मी हुन् । उनी यस चलचित्रका निर्माता पनि होइनन् । उहाँलाई यस चलचित्रमा पारिश्रमिक प्रदान गरी निर्देशकिय जिम्मेवारी मात्र प्रदान गरिएको हो’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘निर्देशकले फिल्म पूर्ण रुपमा बनाइ निर्माताको आदेश बमोजिम प्रदर्शनका लागि सहयोग मात्र गर्ने हो तसर्थ उहाँलाई चलचित्र बिक्री वितरण गर्ने कुनै पनि अधिकार हुँदैन । प्रहरीले बिना कारण बिनाप्रमाण, एकतर्फी रुपमा चलचित्र बिक्री वितरणको आरोप लगाउँदै परेको उजुरीको भरमा पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक छ ।’
चलचित्र क्षेत्रमा परेका समस्याहरु समाधान गर्न चलचित्रकर्मीका संस्थाहरु आफै नै सक्षम भएको बताएको समाजले यस्ता विषयमा सम्मानित अदालत र प्रहरी प्रशासनले सरोकारवालाको संस्थामा गई छलफल गर्ने र मिलापत्र गर्ने वातावरण बनाई दिनु हुन समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा
-
'यौन श्रम पनि एक प्रकारको श्रम नै हो, यसलाई निरपराधीकरण गरिनुपर्छ'
-
सोह्र वर्षपछि अछाम दरबारको निर्माण कार्य सम्पन्न