गृहको निर्णय
बाँकेसहित ४ जिल्लाका सीडीओको सरुवा
बाँकेमा श्रवणकुमार पोखरेल, सर्लाहीमा कोमलप्रसाद धमला
बिहीबार, २५ असोज २०८०, १५ : १७
काठमाडौँ । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको गृह मन्त्रालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । सर्लाहीमा कार्यरत इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ । कोमलप्रसाद धमलालाई सर्लाहीमा सरुवा गरिएको छ । धमला दोलखाका प्रजिअ थिए ।
जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !
-
पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा