प्रभाव पार्न सक्ने खेलाडी – डेभिड वार्नर (अस्ट्रेलिया)

काठमाडौँ । अस्ट्रेलियन टोलीका निकै अनुभवी खेलाडी हुन्, डेभिड वार्नर । ३७औँ वर्ष प्रवेशको सँघारमा रहेका वार्नर आक्रामक ब्याट्सम्यान हुन् । वार्नरले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटलाई जोड्दा उनले १७ हजारभन्दा बढी रन बनाइसकेका छन् ।
सम्भवतः वार्नरको यो अन्तिम एकदिवसीय विश्वकप पनि हो । त्यसैले पनि उनी यो विश्वकपलाई यादगार बनाउने योजनामा छन् । जारी विश्वकपमा भारतविरुद्धको पहिलो खेलमा पनि अस्ट्रेलियाका कुनै ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेका थिएनन् । तर, त्यो खेलमा पनि वार्नर टोलीका लागि दोस्रो उच्च रन (४१ रन) जोड्ने खेलाडी बनेका थिए ।
अस्ट्रेलियालाई सन् २०१५ को विश्वकपको उपाधि दिलाउन पनि वार्नरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले हालसम्म अस्ट्रेलियाका लागि एक सय ५१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।
एकदिवसीय खेलको एक सय ४९ पालीमा उनले ४५.०२ को औसतले कुल ६ हजार चार सय ३८ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले २० शतक र ३१ अर्धशतक पनि प्रहार गरिसकेका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर एक सय ७९ रन हो ।
एकदिवसीय खेलमा उनले ६४ वटा क्याच पनि लिएका छन् । टेस्ट क्रिकेटमा उनले एक सय नौ खेल खेल्दै ४४.४३ को औसतले कुल आठ हजार चार सय ८७ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले २५ शतक र ३६ अर्धशतक बनाइसकेका छन् ।
टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित तीन सय ३५ रन हो । यी अलराउन्डर खेलाडीले टेस्ट क्रिकेटमा पनि ८५ क्याच लिएका छन् । उनले टेस्टमा चार विकेट पनि लिएका छन् । यसका अतिरिक्त उनले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ खेल खेल्दै ३२.८८ को औसतले कुल दुई हजार आठ सय ९४ रन बनाएका छन् ।
टी—२० अन्तर्राष्ट्रियमा पनि उनले एक शतक र २४ अर्धशतक प्रहार गरेका छन् । टी—२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय रन हो । टी—२० मा उनले ५६ क्याच पनि लिएका छन् । उनले सन् २००९ को जनवरी १८ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै एकदिवसीय खेलमा ‘डेब्यू’ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
-
विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्
-
भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु
-
तोकिएको समयमा टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
-
सेमिना मगर मेमोरियल खुला कराँते प्रतियोगिता सुरु