प्रभाव पार्न सक्ने खेलाडी – क्वीन्टन डी कक (दक्षिण अफ्रिका)

काठमाडौँ । दक्षिण अफ्रिकाको माथिल्लो क्रमका ब्याट्सम्यान हुन्, क्वीन्टन डी कक । ३० वर्षीय यी अनुभवी ब्याट्सम्यान अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकी टोलीलाई गतिलो सुरुआत दिन खप्पिस छन् । उनी विकेटकिपरको भूमिकामा पनि उत्तिकै निपूर्ण छन् ।
जारी विश्वकपको श्रीलंकाविरुद्धको आफ्नो पहिलो खेलमा पनि उनले दक्षिण अफ्रिकाका लागि शतकीय पाली खेलेका थिए । हालसम्म एकदिवसीय विश्वकपको फाइनलसम्म पनि पुग्न नसकेको दक्षिण अफ्रिकाले जारी विश्वकपमा यी बायाँहाते ब्याट्सम्यानबाट निकै आशा गरेको छ ।
उनले दक्षिण अफ्रिकाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितालाई जोड्दा ११ हजारभन्दा बढी रन बनाइसकेका छन् । उनले जारी विश्वकपमै १२ हजार रन पुरा गर्ने सम्भावना छ ।
उनले दक्षिण अफ्रिकाका लागि हालसम्म एक सय ४६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ४५.१५ को औसतले कुल ६ हजार दुई सय ७६ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले १८ शतक र ३० वटा अर्धशतक प्रहार गरेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले बनाएको उच्च स्कोर एक सय ७८ रन हो । एकदिवसीय खेलमा उनले १६ वटा स्टम्पिङ गरेका छन् भने एक सय ९० वटा क्याच पनि लिएका छन् । उनले दक्षिण अफ्रिकाका लागि ५४ वटा टेस्ट पनि खेलेका छन् ।
टेस्ट क्रिकेटमा उनले ३८.८२ को औसतले कुल तीन हजार तीन सय रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले ६ शतक र २२ वटा अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ४१ रन हो । टेस्टमा उनले ११ वटा स्टम्पिङ गरेका छन् भने दुई सय २१ वटा क्याच पनि लिएका छन् ।
यसैगरी उनले देशका लागि ८० वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । टी—२० मा उनले ३२.५२ को औसतले कुल दुई हजार दुई सय ७७ रन बनाएका छन् । टी—२० मा उनले एक शतक र १४ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर एक सय रन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव
-
पेस्तोल, गोली र १ सय ९ किलो गाँजासहित युवक पक्राउ
-
उदयपुर सिमेन्ट उद्योगका विषयमा समितिमा छलफल
-
मौरीले टोकेर एक जनाको मृत्यु