निगमको जहाज दुबईबाट इजरायल उड्यो
बिहीबार, २५ असोज २०८०, १२ : ४०

काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्दारका लागि गएको नेपाल वायु सेवा निगमको जहाजले दुबईबाट इजरायलका लागि उडेको छ । निगमको जहाजले नेपाली समयअनुसार १०ः ४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको हो ।
जहाज इजरायलको स्थानीय समयअनुसार ११:१० मा इजरायलस्थित विमानस्थलमा अवतरण हुने परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव दिपक जोशीले जानकारी दिएका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्न इजरायली विदेश मन्त्रालयका उच्च तहका अधिकारी र नेपाली राजदूत कान्ता रिजाल्लगायतको टोली विमानस्थलमा पुगेको छ ।
जहाज इजरायलमा दुई घन्टा होल्ड भएर दिउँसो १ः १० बजे नेपालका लागि उडान भर्ने जोशीले बताए । २५० जना नेपाली नागरिक लिएर नेपाल फर्किने सो जहाज राती सवा ९ बजे काठमाडौं अवतरण गर्नेछ । बिहीबार बिहान ४ बजे परराष्ट्रमन्त्री एनपी साउदको टोली इजरायल प्रस्थान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण
-
१२ सयबाट ३२ सय विद्यार्थी पुर्याएर बिदा भए अध्यक्ष दंगाल