मौसममा सुधार आएसँगै मन्थली–लुक्ला उडान पुनः सुचारु
काठमाडौँ । मौसममा सुधार भएसँगै बिहीबारदेखि रामेछाप, मन्थलीदेखि लुक्ला उडान पुनः सुचारु भएको छ । खराब मौसमका कारण ५ दिनदेखि लुक्लाको उडान प्रभावित हुन पुगेको थियो । लुक्लाका लागि पुनः उडान शुरु भएसँगै रामेछापमा अलपत्र परेका पर्यटकहरु आफ्नो गन्तव्यमा जान पाएका छन् ।
पर्यटक मौसम शुरु भएसँगै लुक्लाका लागि पर्यटकहरुको संख्यामा समेत वृद्धि भएको छ । यद्यपि, विगत केही समययता लुक्लाका लागि काठमाडौँबाट नभई रामेछापको मन्थलीबाट–लुक्ला उडान हुँदै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप लुक्ला उडानका लागि आवश्यक पूर्वाधारहरु बनाएसँगै उडानहरु सहज भएको छ र थप सुधारका काम समेत भएको तारा एयरले जनाएको छ । लुक्लाबाट उडान गर्ने वायुसेवा कम्पनीहरुले रामेछाप र लुक्लामा तत्कालका लागि ब्यगेज एक्सरे मेसिनको माग गरेका छन् ।
हाल यी विमानस्थलहरुमा एक्सरे मेसिन नहुँदा ब्यागेज तथा सरसामानहरु हातैले खानतलासी गर्नु परेको छ । यसले गर्दा समय बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुन प्याक गर्नुपर्दा झन्झटिलो हुने गरेको तारा एयरका कर्मचारीको भनाइ छ । यस विमानस्थलबाट तारा, समिट र सिता एअरले उडान गर्दै आएका छन् ।
सफा मौसममा दैनिक ४० भन्दा बढी उडान हुने गरेको लुक्ला विमानस्थलमा आज तारा एअरले १५ वटा उडान गर्ने तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । ‘५ दिनदेखि मौसममा सुधार नहुँदा उडान हुन पाएका थिएनन्, केहि पर्यटकहरु फाप्लुको उडानमार्फत हिँडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए भने कार्गो हेलिकप्टरमार्फत उडान गरि गन्तव्यतर्फ लागेका थिए ।
आज मौसम खुलेसँगै उडान सहज भएको छ’ बर्तौलाले भने, ‘हाम्रो जहाज तथा जनशक्ति सबै मन्थली बिमानस्थलमै थिए । आज बिहानदेखि उडानहरु सुचारु भएसँगै यात्रुहरु आ–आफ्नो गन्तव्यका लागि हिडिसकेका छन्’ उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे झन् अन्योल
-
वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
-
सर्वोच्चको प्रश्न– सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारसँग योजना के छ ?