नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी
काठमाडौँ । नेपाली भूमि कालापानी क्षेत्र हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर रहेको पाइएको छ । नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले बिहीबार बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेका थिए ।
यस विषयमा दार्चुला जिल्ला प्रशासन कार्यालयका प्रमुख किरण जोशीले आफूलाई कुनै जानकारी नभएको बताइन् । उनले भनिन्,‘ नेपाली नक्सामा समेटिका गाउँहरु भारतले औपचारिक रुपमा हस्तान्तरण नगरेका कारण त्यहाँ नेपालीलाई जाने अनुमति छैन । त्यहाँ नेपालीलाई हेर्न समेत दिइँदैन ।’
नेपालका अतिक्रमित भूमीहरु गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलत्तयु, गब्र्याङ र बुदी नेपाली नक्सामा परेपनि भारतले अस्वीकार गर्दै आएको र यो कुटनीतिक विषय भएकाले आफूले धेरै बोल्न नमिल्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।
भारतीय प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका छन् । उनले मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ ।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट