उपराष्ट्रपति यादवलाई डेंगु सङ्क्रमण, सिभिल अस्पताल भर्ना
बिहीबार, २५ असोज २०८०, १० : १५
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारका लागि सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।
पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर डेंगु सङ्क्रमण बढ्दै गएको छ । चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैकल्पिक राजनीतिक शक्ति निर्माणमा यस्ता छन् बाबुराम भट्टराईका आधार (पूर्णपाठसहित)
-
माओवादी राजनीतिमा औपचारिक रूपमा फर्किए पासाङ, पाए ‘विशेष जिम्मेवारी’
-
धार्मिक सहिष्णुता खलल गरेको आरोपमा एक जना पक्राउ
-
भूमिहीनलाई सरकारी जग्गा होइन, रोजगारी दिनुपर्छ : प्रेम सुवाल
-
नेपाल लाइफको नाफा बढ्यो, २ खर्ब १७ अर्बको बीमाकोष
-
केपीको प्यारो बन्न बादलले जनयुद्धलाई ‘हिंसा’ भने : शाही