बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १७७ जना चिकित्सकद्वारा सामूहिक राजीनामा
बिहीबार, २५ असोज २०८०, ०९ : १५

काठमाडौँ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् ।
चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामापत्र बुझाए बताइएको छ ।
चिकित्सकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापन पत्र बुझाएका थिए । पटक पटक सहमति भए पनि कार्यान्वयन नभएपछि राजीनामा बुझाएको उनीहरूको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय उसु निर्णायक र डिप्लोमा कोर्ष सम्पन्न
-
फ्रान्सको मस्जिदमा संघातिक हमलाका सन्दिग्ध इटलीमा पक्राउ
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
-
ट्रम्पको पुनरागमनपछि मस्कको शक्ति बढ्यो तर लोकप्रियता र सम्पत्तिमा घाटा
-
बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिना, वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
-
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनविनै सञ्चालन