धनुषामा आज अभिमुखीकरण कार्यक्रम गर्दै जसपा
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा जिल्ला समितिले सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । आज रौनियार धर्मशालामा आयोजित कार्यक्रममा उक्त जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्यहरू, प्रदेश समिति सदस्यहरू, जिल्ला समिति सदस्यहरू, क्षेत्रीय समिति र पालिका समितिका पदाधिकारीहरूलाई उपस्थित हुन भनिएको छ ।
साथै जनप्रतिनिधिहरू, भ्रातृसंगठनका केन्द्र, प्रदेश तथा जिल्ला स्तरीय पदाधिकारीलाई समेत अनिवार्य उपस्थित हुन भनिएको जिल्ला समितिका सचिव वरुणकुमार यादवले जानकारी दिए ।
अभियानलाई सशक्त र प्रभावकारी सञ्चालन गर्न विभिन्न विभागीय जिम्मेवारी समेत तोकेको छ । जसअनुसार सङ्गठन विभाग प्रमुखमा शत्रुधन यादव, युवा विद्यार्थी विभाग प्रमुखमा ललित मण्डल, महिला विभाग प्रमुख गिरिजा यादव, जनसम्पर्क विभाग प्रमुख चन्द्रदीप गोइतलाई तोकिएको छ । विभागमा सदस्यहरूको चयन समेत गरेको जिल्ला सचिव यादवले जानकारी दिए ।
जसपाले मधेस प्रदेशका आठै जिल्लामा तालिका बनाएर सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
-
प्रकाश तिवारीको ‘९६ गड्डी’ माथि विमर्श
-
नयाँ मिस्टर वर्ल्ड पोर्टो रिकोका डेनियल मेजिया घोषित
-
बीआरआई अनुदान वा सहुलियत ऋणमा लिनुपर्छ भन्ने पार्टीको धारणा हो : सांसद खनाल
-
स्थानीय तह उपनिर्वाचन हुने स्थानमा मंसिर १६ गते सार्वजनिक बिदा दिन सिफारिस
-
स्वर्णलक्ष्मीबाट पूर्व डीआईजी जोशीले १ करोड ३० लाख ऋण लिएको भेटियो