वन्यजन्तुबाट अन्नबाली क्षति : किसानलाई राहत प्रदान गर्दै निकुञ्ज
रसुवा । वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ । यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भू–भागमा गत महिना जङ्गली बँदेलले मकैबालीलाई नोक्सानी पु-याएको थियो ।
स्थलगतरूपमा क्षतिको मूल्याङ्कन गराइ रातह प्रदान गरिने निकुञ्जले जनाएको छ । राहतको लागि रसुवाबाट ७०, नुवाकोटबाट ४० र सिन्धुपाल्चोकबाट २० आवेदन परेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।
बँदेल, भालु, बाँदरजस्ता जनावरले मकै, कोदो, आलुलगायतका अन्नबाली नोक्सान पु-याउने गरेको छ । राहत वितरणको लागि सरकारले तोकिदिएको मापदण्ड तथा क्षतिको प्रमाणका आधारमा मूल्य निर्धारण गर्दै किसानलाई बैंक खातामार्फत राहत प्रदान गरिने उनले बताए ।
गत वर्ष अन्नबाली तथा चौपाय क्षतिको राहतस्वरूप रु १९ लाख ३४ हजार एक सय १७ भुक्तानी भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका समर्थकहरूद्वारा अदालत बाहिर नाराबाजी (तस्बिरहरू)
-
माघ १६ गते बृहत् कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
-
कालो, रातो वा पहेँलो कुन किसमिस बढी स्वास्थ्यकर छ ?
-
२०२४ को चुनावबारे जुकरबर्गको टिप्पणीमाथि मेटाले भारतसँग माग्यो माफी
-
देउवाले बोलाए दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीसहितको संसदीय दल कार्यसमितिको बैठक
-
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट