रोहितको कीर्तिमानै कीर्तिमान, नतमस्तक बन्यो अफगानिस्तान

काठमाडौँ । कप्तान रोहित शर्माको कीर्तिमानी शतकको मद्दतले भारतले अफगानिस्तानमाथि शानदार जीत हासिल गरेको छ । शर्माले मात्र ८४ बलमा १३१ बनाएपछि भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो ।
अफगानिस्तानले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा सफलतापूर्वक पछ्यायो । खेलमा शर्माले एकपछि अर्को कीर्तिमान तोड्न सफल भए । उनले सुरुमा डेभिड वार्नरले सबैभन्दा कम पालीमा एकदिवसीय विश्वकपमा १ हजार रन पुरा गर्ने खेलाडीको रेकर्ड बराबरी गरे । दुवै खेलाडीले मात्र १९ पालीमा यो उपलब्धि हासिल गरेका हुन् ।
खेलमा ५ छक्का र १४ चौका हिर्काएका शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का बनाउने क्रिस गेलको कीर्तिमान पनि तोडेका छन् । गेलको यसअघि ५५३ छक्काको कीर्तिमान रहेको थियो ।
उनले मात्र ६३ बलमा शतक पुरा गरेका थिए । जुन विश्वकपमा भारतका लागि सबैभन्दा चाँडो हो । यसअघि कपिल देवले ७२ बलमा शतक बनाएका थिए भने सन् २००७ को विश्वकपमा वीरेन्द्र सहवागले ८१ बलमा शतक बनाएका थिए ।
विश्वकपमा उनको सातौँ शतक थियो । योसँगै उनले प्रतियोगितामा सर्वाधिक शतक बनाउने सचिन तेन्दुल्करको कीर्तिमान पनि भङ्ग गरेका छन् । उनले मात्र १९ पालीमा यो उपलब्धि हासिल गरेका हुन् । जबकि सचिनले ४४ पालीमा ६ शतक बनाएका थिए ।
रोहित आउट भएपछि विराट कोहलीले नटआउट रहँदै ५५ रन तथा श्रेयस ऐयरले पनि नटआउट रहँदै २५ रन बनाएर भारतलाई जीतसम्म पुर्याए । यसअघि ओपनर ईशान किसन भने ४७ रन बनाएर आउट भएका थिए । शर्मा र किसन दुवैलाई रासिद खानले आफ्नो शिकार बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो । टोलीका लागि कप्तान हसमतुल्लाह शाहीदीले सर्वाधिक ८० रन बनाए । उनलाई अज्मतुल्लाह ओमाजारीले ६२ रन बनाउँदै राम्रो साथ दिए ।
भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिए । जारी प्रतियोगितामा भारतको यो लगातार दोस्रो जीत हो । पहिलो खेलमा भारतले अस्ट्रेलियालाई हराएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा