३२५ अर्ब राजश्वको बक्यौता असुल गरेको प्रगति विवरण उपलब्ध गराउन समितिको निर्देशन
काठमाडौँ । सार्वजनिक लेखा समितिले सरकारलाई महालेखापरीक्षकको ६० औँ प्रतिवेदनले देखाएको ३२५ अर्ब राजश्वको बक्यौता असुलउपरको प्रगति विवरण तत्काल समितिमा पेश गर्न निर्देशन दिएको छ ।
बुधवार प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समिति बैठकमा समिति सभापतिले मुख्य सचिवको कार्यालयलाई मुलुकको समग्र अर्थतन्त्रका समस्या समाधान गर्न भएका प्रयास, राजश्व संकलन, राजश्व बक्यौता असुलउपर लगायतका विषयमा सरकारबाट भएका प्रयासका बारेमा लिखित प्रतिवेदन पेश गर्न आग्रह गरेको हो ।
समिति बैठकमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले मुख्य सचिवसँग जवाफ लिखित जवाफ माग गर्दै विभिन्न प्रश्न गरे । उनले सरकारले राजश्व चुहावट रोक्ने प्रयास गरेपनि नरोकिएको भन्दै राजश्व सम्बन्धी लक्ष्यहरु व्यवहारिक छैनन् कि, लक्ष्य प्राप्त गर्न सरकारले काम नगरेको हो भन्दै प्रश्न गरे । राजश्व र खर्चको अनुमान गर्दा सरकारले मध्यकालिन संरचनाको खाका अनुसार स्रोत पश्ताव गर्नुपर्ने भएपनि सो बमोजिम स्रोत व्यवस्थापन र प्राप्ति नभएको र लक्ष्य अनुसारको सरकारबाट राजश्व प्राप्त गर्न के कति प्रयास भएका छन् भन्नेबारे जवाफ माग गरे ।
सभापति पोखरेलले चालु आर्थिक वर्षको रावश्व संकलन पूरा हुन्छ कि हुँदैन र पूरा गर्ने आधारहरु केके हुन् भन्दै कार्ययोजना र प्रतिबद्धता नभए जबाफदेहिता कसले लिने भन्दै प्रश्न गरे । सरकारले राजश्व प्राप्त गर्ने के कस्तो कार्ययोजना तयार गरेको छ र राजश्व बक्यौताको असुली गर्न नसक्नुको कारण के हो सो बारेमा पनि समितिलाई लिखित जानकारी गराउन निर्देशन दिए ।
सभापति पोखरेलले हरेक आर्थिक वर्षमा सरकारको पुँजीगत खर्च घट्दो र साधारण खर्च बढ्दो भएकाले स्वस्थ अर्थतन्त्र व्यवस्थाको संकेत नगरेको बताए । उनले सरकारलाई समितिले गरेका हरेक प्रश्नको जवाफ मौखिक रुपमा नभई लिखित र प्रमाणित प्रतिवेदन समितिको सचिवालयमा दर्ता गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहार लोकसभाका सांसद पप्पु यादव नेपाल आउँदै
-
नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँ : मन्त्री पाण्डे
-
देशभक्त फुट्ने र देश लुट्नेहरू जुट्ने कुचक्र तोड्नुपर्छ : डा.भीम रावल
-
हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ
-
क्यासिनोमा कडाइ गर्दै सरकार, चुक्ता पुँजी दोब्बर, नवीकरण शुल्क ३० गुणासम्म