पत्रकार सम्मेलन
इजरायलस्थित नेपाली दूतावासको कार्य उच्च प्रशंसनीय : सरकार
बुधबार, २४ असोज २०८०, १७ : १८

काठमाडौँ । इजरायलमा रहेको नेपाली दूतावासले गरेको कार्य उच्च प्रशंसनीय रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमा बोल्दै इजरायल गाजा घटनापछि दूतावासले गरेको कार्य प्रशसनीय रहेको बताइन् ।
‘घटना भएपछिदेखि नै दूतावास सक्रिय भएर लागेको छ । सिमित स्रोत साधनकाबीच दूतावासले गरेको कार्य निकै प्रशसनीय छ । यसको नेपाल सरकारले मूल्यांकन नै गर्नेछ’ प्रवक्ता लम्सालले भनिन् ।
घटनापछि दूतावासले राम्रोसँग काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले त राजदूत कान्ता रिजाललाई फिर्ता बोलाउनुपर्ने समेत माग राखेको छ । यस्तो अवस्थामा सरकारले दूतावासको प्रशंसा गर्दै उनको बचाउँ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू
-
सुशान्त केसीको ‘बार्दली’ को हिन्दी भर्जन बजारमा
-
सङ्खुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे
-
‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड’ को मनोनयन सूची सार्वजनिक
-
बिट मार्ने तयारीमा युरोपका पाँच चर्चित लिग
-
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता