इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी कार्य जारी
बुधबार, २४ असोज २०८०, १७ : १२

काठमाडाैँ । इजरायलमा सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उनको खोजीका लागि सक्रिय रहेको बताइन् ।
‘हामीले हाम्रा सम्पूर्ण संयन्त्र, इजरायल सरकार समेत गम्भीर भएर लागेका छौँ । उहाँको खोजीको लागि सबै संयन्त्र परिचालन गरिएको छ ।’ उनले भनिन् ।
इजरायल र गाजा बीचको युद्धका क्रममा जोशी शनिवारदेखि नै सम्पर्कविहीन बनेका छन् । उनको खोजीका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय, इजरायलस्थित नेपाली दूतावास, इजरायलका विभिन्न संयन्त्र समेत परिचालन गरेर समेत परिचालन भइरहेको उनको भनाई छ ।
विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको समेत तथ्याङ्क सङ्कलन गरेर सोही आधारमा समेत उनको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
-
धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?
-
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी