वायु सेवा निगमको एयरबस–३३० आज राति २:३० बजे इजरायल उड्ने

काठमाडौँ । युद्धग्रस्त इजरायलमा फसेका नेपालीलाई नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल उड्ने भएको छ । निगमको वाइड बडी जहाज–३३० आज राति २ः३० बजे इजरायल उड्ने तय भएको निगमका प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई जानकारी दिए ।
हवाई उडान तथा अवतरणका लागि आवश्यक सबै प्रक्रिया, रुट पर्मिटका साथै चार्टर्ड फ्लाइटका लागि इन्स्योरेन्स समेत सबै गरिसकिएको प्रवक्ता पौडेलले जानकारी दिए । ‘जहाज आज राति २ः३० बजे उड्ने र बिहान करिब ९ः३० बजे इजरायल ल्यान्ड गर्ने समय तालिका तय भएको छ । यद्यपि, जहाजमा कोको जाने, कसको नेतृत्वमा उडान हुने भन्ने यकिन भइसकेको छैन । यसैको तयारीमा अहिले निगम लागिरहेको छ’ उनले रातोपाटीसँग भने ।
निगमको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ । दुबई हुँदै जाने उडानका लागि रुट पर्मिट (उडान अनुमति) लिनुपर्ने हुँदा जहाज उडानमा केही ढिला हुन गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । तर, चार्टर्ड उडानका लागि नेपालका तर्फबाट भने निगमलाई कुनै रोकटोक नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह