लेबनानमा इजरायलको जवाफी हमला, सरकारी मिडियाले भन्यो– ‘दुस्मन बम बर्साउँदैछ’

बेरुट । लेबनानको सरकारी मिडियाअनुसार इजरायलले देशको केही क्षेत्रमा हमला गरेको छ । इजरायलको सेनाले पनि हमलाको पुष्टि गरेको छ । यसअघि इजरायलको सेनाले लेबनानबाट इजरायलमा मिसाइल प्रहार गरिएको जानकारी दिएको थियो ।
हिज्बुल्लाहले लेबनानको क्षेत्रबाट मिसाइल प्रहार गरेको इजरायली सेनाको दाबी थियो । यसको जवाफमा आफूहरूले पनि हमला गरेको उनीहरूको भनाई थियो ।
लेबनानको सरकारी मिडियाका अनुसार इजरायलबाट दुई क्षेत्रमा हमला भएको छ । लेबनानको नेसनल न्यूज एजेन्सीले भनेको छ, ‘धारिया क्षेत्र नजिक दुस्मनले बमबारी गरिरहेको छ । यारिन क्षेत्रमा फोस्फोरस बम खसालिएको छ ।’
केही समयअघि आईडीएफ (इजरायल डिफेन्स फोर्स) ले एन्टी ट्याङ्क मिसाइल अरब अल–अरमाश नजिकै प्रहार गरेको जनाएको थियो । लेबनान र इजरायलको सीमामा तनाव भएको यो पहिलो पटक भने होइन ।
चरमपन्थी संगठन हिज्बुल्लाहले हमासको हमलापछि इजरायलमा कयौँ रकेट प्रहार गरेको थियो । हिज्बुल्लाहलाई ईरानको समर्थन रहेको बताइन्छ । जबकि इजरायल र पश्चिमा देशले उनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरिक्षण अब मन्त्रालयबाटै
-
तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना
-
इजरायलको चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड
-
सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट
-
प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत