सुरक्षालाई चुनौती दिँदै एमाले नेता कार्यकर्ताहरु ओलीको स्वागत गर्न धावनमार्गसम्मै पुगे
बुधबार, २४ असोज २०८०, १४ : ५४

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता कार्यकर्ताहरु जनकपुरधाम विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । सुरक्षालाई चुनौती दिँदै उनीहरु बुधबार अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थलको धावनमार्गमा पुगेका हुन् ।
मधेस प्रदेशको अधिवेशनलाई उद्घाटन गर्न यति एयरलाइन्सको विमानबाट जनकपुरधाम आएका अध्यक्ष ओलीलाई नेता कार्यकर्ताले धावनमार्गमै पुगेर स्वागत गरेको विमानस्थलले जनाएको हो ।
जनकपुरधाम विमानस्थलका प्रमुख भिमदत्त्त पन्तले भने, 'भीआईपी रुमभन्दा अगाडि जान नपाइने हो । हामीले रोक्न खोजेकै हो तर सुरक्षा निकायका सबै जनाकै अगाडि जबरजस्ती गरेर उहाँहरु धावनमार्ग जानुभयो ।' सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न नपाइने उनले बताए ।
प्रमुख पन्तले १५–२० जना मात्रै त्यहाँसम्म गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा