बालिकाहरुको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउन आवश्यक : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरुको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बालिकाबिरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारबिरुद्धको घटना यदाकदा अझै भइरहेको बताए ।
मन्त्री आचार्यले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानुनी व्यवस्था भएपनि कानुनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिङ्ग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरु पनि अझै देखिने गरेको बताए । उनले बाल विवाह, बालश्रम लगायतमा पनि बालिकाहरु नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताए ।
बालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस—२०२३ मनाइएको छ । बालिकाहरुको अधिकार संरक्षण र संवर्द्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा