अमेरिकामा के गर्दैछन् विराटनगर प्रमुख कोइराला ?

विराटनगर । अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गरेका छन् । मेयर कोइरालाले सिनेटर माइकल जियानारिससहितका उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गरेका हुन् ।
सिनेटर माइकलसितको भेटमा नेपालको राजनैतिक अवस्था, विकासमा स्थानीय सरकारको भूमिका, ऐन कानुनको कार्यान्वयनमा देखिने समस्यालगायतका विषयमा छलफल भएको कोइरालाका प्रेस संयोजक मीनकुमार नवोदितले बताए । त्यस्तै प्रमुख कोइरालाले न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवम् न्युयोर्क राज्यका सेनेटर जोन सी लिउसँग पनि भेटघाट गरेका छन् । सो अवसरमा प्रमुख कोइरालाले विराटनगर महानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
उनले शिक्षा क्षेत्रको विकासका लागि सहयोगको आग्रहसमेत गरे । शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास नहुने बताउँदै प्रमुख कोइरालाले सीमित स्रोत साधनकाका बाबजुद पनि महानगर शिक्षाको विकासमा लागेको जानकारी दिए ।
त्यस्तै प्रमुख कोइरालाले न्यूयोर्क विधानसभाका प्रथम फिलिपिनो अमेरिकी स्टिभन रागासित पनि भेटघाट गरेका छन् । कोइराला संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन यही असोज १० गते अमेरिका गएका हुन् ।
४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी सेमिनारमा मेयर कोइरालाले सहभागिता जनाएका छन् । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर कोइराला हाल न्यूयोर्कमा भेटघाट र छलफलमा व्यस्त रहेका हुन् ।
उनले अमेरिकामा रहेका गैरआवासीय नेपालसहित विराटनगरमा जन्मिएर अमेरिकामा बसोबास गर्नेहरूसित पनि भेटघाट गरेका छन् । सो अवसरमा प्रमुख कोइरालाले विराटनगरको शिक्षा, स्वास्थ्य र भौतिक संरचनाको विकासमा सहयोग गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ महिनामा ५२ करोडको कोदो आयात
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी