आज ५ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ । बैठकमा सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।
त्यस्तै साढे ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आ.व २०८०÷८१ को समितिको बजेटमाथि छलफल र सविता नायकको उजुरी सम्बन्धमा राष्ट्रिय महिला आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ ।
यता बिहान ११ बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारवाही सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । बैठकमा बेरुजु संपरीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्यसचिव, संघीय संसदमा महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र नेपाल सरकारका लेखा उत्तरदायी अधिकारीहरुसँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बंलादेशको कृषिबाली अवलोकन प्रमण, सुपारीको खेती गर्ने किसान र उद्योगीको समस्या, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक छलफल सम्बन्धमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग