समाचार
बागमती किनारमा युवकको शव फेला
बुधबार, २४ असोज २०८०, ०८ : २२
![बागमती किनारमा युवकको शव फेला](https://npcdn.ratopati.com/media/news/death_a25VWUUgnO.jpg)
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् ।
घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनी लागु औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’