रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार
आज २०८० असोज २३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
इजरायलमै अस्ताए चक्रबहादुर
इजरायल जान घरबाट निस्कँदै गर्दा सल्यान शारदा नगरपालिका–३, साहुटोलका २४ वर्षीय प्रवेश भण्डारीले बाआमालाई भनेका थिए,‘अब हजुरहरुका दुःखका दिन गए । म कमाउने भैसकेँ, ढुक्क हुनुस् म ११ महिनापछि फर्केर एउटा कृषि फार्म खोल्छु कि हाकिम बन्छु ।’
कैलालीको जोशीपुर गाउँपालिका–५ मैनपोखरीका २५ वर्षीय आशिष चौधरी गत भदौ २६ गते इजरायलका लागि उडेका थिए । तर शनिबार इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणमा उनको ज्यान गएको छ । गाउँको जुझारु युवाको ज्यान गएपछि उनको गाउँ नै यतिबेला शोकमा छ ।
इजरायलमा नेपाली
परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो इजरायलका समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार दुई देशका परराष्ट्रमन्त्रीबीच टेलिफोन संवाद भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले हमास विद्रोहीबाट इजरायलमा मारिएका नेपालीको शव तथा स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग यसबारे जानकारी लिएको छ ।
फर्कन चाहने नेपालीको संख्या बढी
इजरायलमै बस्नेभन्दा फर्कन चाहने नेपालीको संख्या बढी पाइएको छ । सरकारले नेपाल फर्किन तथा उद्धार हुन चाहनेका लागि अनलाइन रजिष्ट्रेशनमार्फत विवरण माग गरेको थियो ।
मापदण्ड विपरीत ‘रिह्याब सेन्टर’
मकवानपुरका अधिकांश ‘रिह्याब सेन्टर’ मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । अनुगमनका क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मात्र सञ्चालित ७ वटा पुनःस्थापना केन्द्र (रिह्याव सेन्टर) मापदण्ड विपरीत रहेको पाइएको हो ।
कांग्रेसमा महासमितिको तयारी तीव्र
नेपाली कांग्रेसले महासमिति बैठकको तयारी तीब्र पारेको छ । मंसिर १३ देखि १५ मा काठमाडौँमा हुने महासमिति बैठकका लागि कांग्रेसलाई अहिले प्रतिनिधि चयनको चराटो छ । असोज मसान्तको समयावधि तोकेर महासमिति सदस्यको निर्वाचनतिर कांग्रेस केन्द्रित छ । ४३ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् भने ३४ जिल्लामा निर्वाचन हुँदैछ ।
मिर्गौला खराबीको जोखिम
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमा मिर्गौला खराबीको जोखिम धेरै देखाएको छ । वैदेशिक रोजगारी जाने र स्वदेशमै रहेका नेपालीहरूबिच गरेको एक अध्ययनले यस्तो नतिजा देखाएको हो ।
पूर्वलडाकुका दु:ख
माओवादी सशस्त्र विद्रोहका सर्वोच्च कमाण्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पूर्वलडाकु एक सातादेखि सिंहदरबार धाइरहेका छन् । तर, मंगलबारसम्म उनीहरूले भेट्न अवसर जुरेको छैन ।
डेंगु सङ्क्रमित ह्वात्तै बढे
नेपालमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । गएको दुई दिनमा १५ सय बढी सङ्क्रमित भएका छन् । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार हालसम्म ३६ हजार ७४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
भेपमा सुन
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाएको छ । निर्देशनसहित फाइल फिर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी नेउपानेले रातोपाटीलाई बताए ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि नेउपानेको सरुवा भएको छ । न्याय सेवा आयोगले उनलाई महान्यायाधीवक्ताको कार्यालयमा सरुवा गरिएको छ ।
कोशीमा सहयोग गर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग मागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दुई नेताबीच भएको भेटमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’