सरकारले भन्यो– तत्काल इजरायलको भ्रमण नगर्नू
मङ्गलबार, २३ असोज २०८०, २१ : २१
काठमाडौँ । सरकारले तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भ्रमण तथा अन्य कामका लागि इजरायल जाने तयारीमा रहेका आफ्ना नागरिकलाई तत्काल इजरायल नजान आग्रह गरेको हो ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,'हालको अवस्थामा अध्ययन तथा अन्य प्रयोजनका लागि इजरायल जान लाग्नु भएका नेपालीहरुलाई तत्काल भ्रमण नगर्न परराष्ट्र मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।'
यस्तै मन्त्रालयले इजरायल घटनापछि नेपालीको अवस्थाबारे जानकारी दिन बुधबारदेखि नियमित रुपमा अपराह्न साढे ४ बजे ब्रिफिङ गर्ने भएको छ ।
इजरायल हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभागको सेवा सुचारु
-
सिस्नेरीबाट एन्फा एकेडेमी हेटौँडा एकेडेमीमा स्थानान्तरण गरिने
-
लुम्बिनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार