परराष्ट्रमन्त्री साउदले गरे इजरायलका समकक्षीसँग टेलिफोन संवाद, उद्धारका विषयमा छलफल

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो इजरायलका समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार दुई देशका परराष्ट्रमन्त्रीबीच टेलिफोन संवाद भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
संवादमा उनीहरुबीच निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउन, नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहजीकरण गर्ने विषयमा कुराकानी भएकाे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा मन्त्री साउदले कठिन समयमा नेपाल इजरायलको साथमा रहेको बताएका थिए । यस्तै इजरायली सरकारका परराष्ट्रमन्त्रीले पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
इजरायल हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल र गाजाको सीमा क्षेत्रमा बंकरभित्र आश्रय लिएर बसेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको मन्त्रालयले जनाएको छ ।
यस्तै केही विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार सम्पर्कविहीन अवस्थामा रहेका बिपिन जोशीको खोजीकार्य तीव्र रुपमा भइरहेको छ । यस्तै सरकारले फर्कन चाहनेलाई नेपाल ल्याउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
-
‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा
-
वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार