तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा २५ गते विश्व दृष्टि दिवस मनाइँदै
![तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा २५ गते विश्व दृष्टि दिवस मनाइँदै](https://npcdn.ratopati.com/media/news/tilganga_wcsCOrOTBK.jpg)
काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा यही असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नारासहित साताव्यापीरुपमा विभिन्न कार्यस्थलमा स्वास्थ्य टोली परिचालन गरी चेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेर विश्व दृष्टि दिवस मनाइने बताइन् ।
नेपालमा ५० वर्षमाथिका २० प्रतिशत मानिसको दृष्टि कमजोर रहेका, दृष्टिविहीन गराउने प्रमुख कारक मोतीविन्दु बनेको, उक्त उमेर समूहका अधिक मानिस मोतिविन्दुबाट पीडितत हुने गरेका, आँखाको नानी र पर्दामा समस्या भएसँगै ज्योति कमजोर हुने जलविन्दु र मधुमेहबाट अन्धोपनको जोखिम बढ्ने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताइन् ।
उनका अनुसार प्रतिष्ठानले ३९ वटा पालिकासँग अन्धापन निवारण गर्न प्राविधिक सहयोगका साथ सहकार्य गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन