किशोरावस्थाको मानसिक समस्यालाई कसरी लिने ?
विश्वव्यापी स्वास्थ्यको फराकिलो परिदृश्यमा एउटा त्यति प्रचार र बहसमा नआएको संकट छ, किशोरकिशोरीको मानसिक स्वास्थ्य, जसलाई मौन संकट भन्न पनि सकियो ।
पछिल्लो किशोरकिशोरीको मानसिक स्वास्थ्य अवस्था (जस्तै : चिन्ता र अवसाद )लाई लिएर विश्वव्यापी रुपमा चासो दिन थालिएको छ । किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्याको धेरै हदसम्म रोकथाम र उपचार गर्न सम्भव छ तर विभिन्न कारण व्यक्ति, परिवार, समाज र राज्यले नै यसलाई बेवास्ता गरिरहेको देखिन्छ ।
किशोरावस्था (१०–१९ वर्ष) एक महत्त्वपूर्ण र रचनात्मक अवधि हो, जति बेला व्यक्तिमा शारीरिक, सामाजिक र मनोवैज्ञानिक परिवर्तन वा विकास देखा पर्छन् । यस अवधिमा व्यक्ति सामाजिक, वातावरणीय र सांस्कृतिक कारकबाट समेत प्रभावित हुन्छ । खासगरी यस अवधिमा उसले समाजले सिकाउने धेरै कुरा अपनाउने गर्छ अर्थात् आफ्नो पहिचान निर्माणमा संलग्न हुन्छ । किशोरावस्थामा सामाजिक अभ्यासहरूका कारण उसमा एक खालको मानसिकता (विचार वा भावना) निर्माण हुन्छ । सँगसँगै भावनात्मक बानीहरू विकास गर्नका लागि पनि किशोरावस्था महत्त्वपूर्ण अवधि हो । बानी (सुत्ने, आवेगहरूको व्यवस्थापन गर्न सिक्ने, समस्याको सामना र समाधान, सीपहरूको विकास आदि)हरू सही र सकारात्मक नहुँदा यो अवधिमा ऊ विभिन्न कुलतमा लाग्ने पनि खतरा रहन्छ ।
हामीकहाँ मानसिक समस्यालाई देवी–देवता वा अलौकिक शक्तिको प्रभाव परेको विश्वास अझ भनौँ अन्धविश्वास गरिन्छ । यस्तै मानसिक समस्यालाई कमजोर मस्तिष्कको परिणाम पनि ठानिन्छ । जसकारण हामीकहाँ मानसिक समस्या विज्ञानसम्मत छलफल वा बहसको विषय हुन सकिरहेको छैन ।
आफूलाई बुझ्ने र विभिन्न ज्ञान तथा सीप सिक्ने फलदायी उमेर हो, किशोरावस्था, तर हामीकहाँ अनगिन्ती किशोरकिशोरीहरू मानसिक स्वास्थ्यको चुनौतीका कारण आफ्नो व्यक्तित्व विकास गर्न सकिरहेका छैनन् । किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्याले दूरगामी परिणामहरू निम्त्याउन सक्छ, जसले उनीहरूको तत्कालको स्थितिलाई मात्र नभई दीर्घकालीन विकास र समग्र स्वास्थ्यलाई पनि असर गर्छ ।
किशोरकिशोरीहरू नै देश तथा समाजको भविष्यका ज्योति हुन्, तर उनीहरूको मानसिक अवस्था तथा समस्यालाई बेवास्ता मात्रै गरिँदैन, यसलाई समाजमा लुकाउनुपर्ने रोग ठानेर विभेद समेत गरिन्छ ।
लगभग ५० प्रतिशत मानसिक स्वास्थ्य समस्याहरू १४ वर्षको उमेरमै सुरु हुन्छन् र जसले जीवनभर प्रभाव पार्न सक्छन् । किशोरावस्थामा मानसिक स्वास्थ्य समस्याले विश्वव्यापी रूपमा सातमध्ये एकजनालाई असर गर्छ, जुन विश्वव्यापी रोगमध्ये १३ प्रतिशत हो ।
कुल जनसंख्याको झन्डै एक चौथाइ (२३.६ प्रतिशत) किशोरकिशोरी रहेको हाम्रो मुलुकमा उनीहरूको मानसिक स्वास्थ्य समस्याबारे बेवास्ता गरिनु दुर्भाग्यपूर्ण छ । यस कारण हामीकहाँ किशोरावस्थामा आत्महत्या गर्नेहरू बढिरहेको देखिन्छ ।
हामीकहाँ एक त मानसिक समस्या भएको व्यक्तिलाई विभेद गरिन्छ भने अर्कोतिर यसको उपचार तथा परामर्शका लागि पर्याप्त सुविधा अर्थात् हस्पिटल वा परामर्श केन्द्रहरू छैनन् । कान्ति बाल अस्पतालमा रहेको एक मात्र बाल तथा किशोर मनोचिकित्सा एकाइ पनि अन्य रोगीतर्फ केन्द्रित रहेको अवस्था छ ।
हामीकहाँ मानसिक समस्यालाई देवी–देवता वा अलौकिक शक्तिको प्रभाव परेको विश्वास अझ भनौँ अन्धविश्वास गरिन्छ । यस्तै मानसिक समस्यालाई कमजोर मस्तिष्कको परिणाम पनि ठानिन्छ । जसकारण हामीकहाँ मानसिक समस्या विज्ञानसम्मत छलफल वा बहसको विषय हुन सकिरहेको छैन । भेदभावमा परिने र सामाजिक बहिष्कार हुने डरले धेरै किशोरकिशोरीले आफ्नो मानसिक समस्या लुकाउने गर्छन् । राज्यले यसबारे खास ध्यान दिन सकिरहेको देखिँदैन । त्यस कारण परिवार, समाज तथा समुदाय, राजनीतिक संगठन र राज्य नै प्रतिबद्ध भएर किशोरकिशोरीको स्वास्थ्य समस्या समाधानतर्फ लाग्नुपर्ने देखिन्छ ।
हामीकहाँ पछिल्लो समय भविष्यको चिन्ता वा करिअरलाई लिएर पनि किशोरकिशोरीले आफ्नो मानसिक अवस्थालाई बिगार्ने गर्छन् । पछिल्लो समय कोरोना महामारीका कारण पनि धेरै किशोरकिशोरी एक खालको तनावबाट गुज्रिएको देखिन्छ ।
यो चुनौतीलाई सम्बोधन गर्न समाज र राज्यसँग बहुआयामिक दृष्टिकोण चाहिन्छ । सर्वप्रथम, मानिसको सिंगो स्वास्थ्यलाई शारीरिक अवस्थाले मात्र होइन, मानसिक अवस्थाले पनि दर्शाउँछ भनेर सबैले बुझ्न आवश्यक छ ।
मानसिक स्वास्थ्यका लागि सम्बन्धहरू पनि कारक रहन्छन् । परिवार, आफन्त र साथीभाइसँग सम्बन्ध सुमधुर रहँदा मानसिक अवस्था राम्रो रहन सक्छ, त्यसैले परिवार र आफन्तसँग किशोरकिशोरीको सम्बन्ध सुमधुर बनाउने वातावरण तयार गरिनुपर्छ । उनीहरूको भावनाको कदर गर्दै सकारात्मक बाटोमा अगाडि बढ््न प्रेरित गरिनुपर्छ । यसका लागि राज्यसँग नै नीति तथा कार्यक्रम हुन अनिवार्य छ ।
अन्तमा, मानसिक स्वास्थ्यको विषय व्यक्ति तथा परिवारको समस्या मात्रै होइन, समाजकै जिम्मेवारी हो । यी मुद्दालाई सम्बोधन गर्न असफल भएमा राज्यले नै महँगो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । तसर्थ, किशोरकिशोरीका सुरक्षात्मक र सहयोगी वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यसँग नै विशेष बुझाइ हुन आवश्यक छ ।
पेसाले म एक स्वास्थ्यकर्मी हुँ । मेरा अनुभवहरू भन्छन् — किशोरकिशोरीको मानसिक अवस्था वा स्वास्थ्यलाई लिएर व्यापक बहस हुनु आवश्यक छ, यो लुकाउने समस्या होइन । आउनुहोस्, हामी सबैले हातेमालो गर्दै किशोरावस्थाको मानसिक स्वास्थ्यतर्फ सजग बनौँ ।
(लेखक बस्नेत विश्व स्वास्थ्य संगठनको मुख्यालयमा इन्टर्नसिप गर्दै छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने
-
ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध
-
आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कसलाई कति लाग्छ शुल्क ?
-
छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो