आईसीसी एकदिवसीय विश्वकप
भारत–पाकिस्तान खेलका लागि ११ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने
मङ्गलबार, २३ असोज २०८०, १५ : ०८

अहमदाबाद । आगामी अक्टोबर १४ मा भारत र पाकिस्तानबिच बहुप्रतीक्षित खेल हुँदैछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलाइनेछ ।
खेललाई लिएर प्राप्त धम्कीहरूलाई मध्यनजर गर्दै गुजरात प्रहरीले सुरक्षाको कडा व्यवस्था गरेको छ । प्रहरी कमिस्नर जीएस मलिकका अनुसार सो खेलका लागि ७ हजार पुलिसकर्मी र ४ हजार होमगार्डका जवान तैनाथ गरिनेछ ।
साथै एनएसबीको बम स्क्वाड र एन्टी ड्रोन टोली पनि सुरक्षा व्यवस्थामा सामेल हुनेछन् । त्यस्तै, खेलाडी, भीभीआईपी र दर्शकको सुरक्षाका लागि सीआरपीएफ, आरएएफ र एनएसजी पनि छुट्टै तैनाथ गरिनेछन् ।
खेलका सबै टिकट पहिले नै बिक्री भइसकेका छन् । खेलका दौरान स्टेडियमको सुरक्षामा मात्र नभएर सहरका अन्य संवेदनशील क्षेत्रमा पनि प्रशासनले प्रहरी खटाउने भएको छ । स्टेडियमको छेउछाउमा रहेका होटलमा पनि जाँच गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?