मलानको सतकसँगै इङ्ल्यान्डले बंगलादेशलाई दियो तीन सय ६५ रनको लक्ष्य

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको मंगलबार खेलिएको खेलमा साबिक विजेता इङ्ल्यान्डले बंगलादेशलाई जितका लागि तीन सय ६५ रनको लक्ष्य दिएको छ । धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ६४ रन बनायो ।
इङ्ल्यान्डलाई ओपनर ब्याट्सम्यानद्वय डेविड मलान र जोनी ब्रेस्टोले उत्कृष्ट सुरुआत गराएका थिए । यी दुबै ब्याट्सम्यानले ओपनिङ विकेटका लागि एक सय १५ रनको साझेदारी गरे । मलानले टोलीका लागि एक सय ४० रनको योगदान गरे ।
बंगलादेशविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका मलानले केवल एक सय सात बलको सामना गरी पाँच छक्का र १६ वटा चौका हिर्काएका थिए । अर्का ओपनर ब्रेस्टोले पनि अर्धसतक बनाए । उनले पेभेलियन फर्किनुअघि टोलीको खातामा ५२ रन थपे । उनले ५९ बलमा आठ चौका पनि हिर्काए ।
तेस्रो नम्बरका ब्याट्सम्यान जोए रुटले पनि उत्कृष्ट ब्याटिङ गर्दै ८२ रन बनाए । उनले केवल ६८ बलको सामना गरी एक छक्का र आठवटा चौका पनि हिर्काएका थिए । इङ्ल्यान्डका माथिल्लो क्रमका ब्याट्सम्यानसामु बंगलादेशका बलरहरु निरिह सावित भए ।
कप्तान जस बट्लर भने २० रनभन्दा अगाडि बढ्न सकेनन् । उनले १० बलमा एक छक्का र एक चौका हिर्काए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका ह्यारी ब्रुक पनि २० रनभन्दा अगाडि बढ्न सकेनन् । उनले १५ बलमा तीन चौका प्रहार गरे ।
इङ्ल्यान्डका लागि साम करनले पनि ११ रन जोडे । क्रिस वोक्सले १४ रन बनाए । आदिल रसिदले पनि ११ रन बटुले । बंगलादेशी टोलीका बलर मेहदी हसनले चार विकेट लिए । सोरिफुल ईस्लामले पनि तीन विकेट लिए । सकिब अह हसन र तास्किन अहमदले एक—एक विकेट हात पारे ।
जारी विश्वकपको आफ्नो पहिलो खेलमा इङ्ल्यान्ड पराजित भएको थियो । न्युजिल्यान्डले इङ्ल्यान्डलाई नौ विकेटले हराएको थियो । बंगलादेश भने आफ्नो पहिलो खेलमा विजयी भएको थियो । बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर